

अत्तरिया- नेपाली काँग्रेस गोदावरी कैलालीले स्वर्गीय पन्तको परिवारलाई आर्थिक सहयोग गरेको छ । गोदावरी नगरपालिका–३ का स्वर्गीय नवराज पन्तको परिवारलाई नेपाली काँग्रेस गोदावरी नगर कार्यसमितिले आर्थिक सहयोग प्रदान गरिएको हो ।



नगर कार्यसमिति अन्तरगतको उद्धार समितिले मंगलबार मृतक पन्तको घरमै गएर परिवारलाई नगद रु.१० हजार आर्थिक सहयोग गरेको बताईएको छ । उक्त सहयोग रकम मृतक पन्तका परिवारलाई कांग्रेसका नगर कार्यसमिति सभापति विर बहादुर चोखाल, क्षेत्र नं. ४ का क्षेत्रिय सचिव जयराज फुलारा, नेपाल तरुण दलका केन्द्रिय सदस्य तेज खड्का, उद्धार समिति संयोजक प्रेम कुमाल, नगर सचिव योगेश भट्ट, काँग्रेसको गोदावरी ३ का उपसभापति बेद प्रकाश पाण्डेय, टोल सभापति दुर्गा दत्त भट्ट लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।


उपचारका लागि भारतमा गएका पन्तको उतै निधन भएको थियो । आर्थिक अभावका कारण शव ल्याउन नसकिँदा भारतमा निधन भएका पन्तको उतै दाहसंस्कार गरिएको नेपाली काँग्रेस गोदावरी नगर कार्यसमितिका सचिव योगेश भट्टले जानकारी दिए । परिवारले आफन्तहरूको सहयोगमा भारतमै पन्तको दाहसंस्कार गरेका थिए । स्वर्गीय पन्तको क्रिया खर्च वाफत काँग्रेस गोदावरीको उद्धार समितिले सहयोग गरेको सचिव योगेश भट्टले बताए ।
पन्तको ४ जनाको परिवार रहेको र आम्दानीको स्रोत केही नभएको बताईएको छ । नगर कार्यसमितिले ‘जसको कोही छैन, उसको नेपाली काँग्रेस नगर कार्यसमिति’ भन्ने नारा लिएर पछिल्लो समय आर्थिक रुपमा विपन्न परिवारहरूलाई सहयोग गर्ने काम गर्दै आइरहेको छ ।