वेवारिसे काठ बरामद

धनगढी । कैलालीबाट वेवारिसे काठ बरामद गरिएको छ। जिल्लाको जानकी गाउँपालिका–९ स्थित श्री शिव शक्ति सामुदायिक वन नजिकै कर्णाली नदी किनारामा सिसमको गोलिया थान–३ (१० क्युफिट) काठ प्रहरीले आइतवार बरामद गरेको हो।

प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको उक्त काठलाई सब–डिभिजन वन कार्यालय टिकापुरको जिम्मा लगाएको जनाएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...