घट्यो पेट्रोलियम पदार्थको मूल्य

अत्तरिया- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य थोरै घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको हो ।

udhok dadeldhura

घटेको मूल्य गएरातिदेखि लागू भएको निगमले जनाएको छ । पेट्रोलको मूल्य अब काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ तथा सुर्खेत र दाङ क्षेत्रमा १६२ पर्नेछ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने १६० रुपैयाँ ५० पैसा पर्नेछ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् नै राखिएको छ ।

Loading...