अत्तरियामा रोकेको ट्रकमा मोटरसाइकल ठोक्कीदा १ जनाको मृत्यु

अत्तरिया-  कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आइतबार गोदावरी नगरपालिका–१ धनगढी रोडमा रोकिएको ट्रकमा मोटरसाइकल ठोक्किदा चालक धनगढी उप– महानगरपालिका २ भन्सार रोडका २९ वर्षीय कैलाश थापाको मृत्यु भएको हो ।

Dadeldhura hospital

६ लेन सडक छेउमा रोकिएको ना ४ ख ९६३ नम्बरको ट्रकमा से ५ प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किदा गम्भिर घाइते भएका थापाको सेती प्रादेशिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

उक्त दुर्घटनामा मोटरसाइकल पछाडि सवार धनगढी उप–महानगरपालिका-२ भन्सार रोडका २५ वर्षीय भुपेश पाल घाइते भएका छन । उनको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीले ट्रक, ट्रक चालक बझाङको बित्थडचिर गाउँपालिका- २ का २४ वर्षीय भरत बोहरा र मोटरसाइकललाई नियन्त्रमा लिएको जनाएको छ ।

Loading...