अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

अत्तरिया- अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । सोमबार ह्युस्टनस्थित अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ । ​

Ganyapdhura gau
Dadeldhura hospital

वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेण्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । केही समय देखि अमेरिकी युवकसँग डेटिङ्गमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर अझै हत्यारा पत्ता लागि नसकेको प्रहरीले जनाएको छ । हत्याराले उनको ओछ्यानमै पुगेर गोली हानेको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भएको भिडियोमा मुनालाई तीनवटा गोली हानिएको छ ।

Navadurga sun
Godawari sandesh

मुना सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको नेपालमा आमा मात्र रहेको बताइएको छ । उनका आमा बुवाको भने सम्बन्ध विच्छेद गरेका छन् । प्रहरीले उनको शव पोष्टमार्टमका लागि लगेको छ । पोष्टमार्टमको रिपोर्ट आएपछि घटनाबारे थप विवरणहरू प्राप्त हुने जनाइएको छ । ​

नेप्लिज एशोसियसन अफ ह्युस्टनका पूर्व अध्यक्ष डाक्टर विष्णु नेपालका अनुसार पोस्टमार्टम सकिएपछि मुनाको शव स्थानीय फ्यूनरल होममा आउने र त्यसपछि परिवारको समन्वयमा एनएएच लगायत स्थानीय संघसंस्थाको सहयोगबाट अन्त्येष्टि गरिनेछ । डाक्टर नेपालका अनुसार सबै प्रक्रिया सकिएर अस्पतालले शव हस्तान्तरण गर्न अझै केही दिन लाग्नेछ । दिवंगत मुनाकी नेपालमा रहेकी आमा अमेरिका पुगेपछि उनको अन्तेष्टि गरिनेछ ।

Loading...