सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ । सुनको मूल्य मंगलबार स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ लाख ५२ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य मंगलबार पनि सोही छ।

चाँदीको मूल्य भने बढेको महासंघले जनाएको छ। यसअनुसार तोलामा १ हजार ८ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५११ अमेरिकी डलर र चाँदी ३० अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ।

 

Loading...