सुदूरपश्चिमका चार जिल्लामा अवैध सामान फेला

धनगढी- सुदूरपश्चिमका चार जिल्लामा अवैध सामान फेला परेको छ । कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुलामा अवैध सामान बेवारिसे अवस्थामा फेला परेको हो ।

बिहीबार कैलालीको धनगढी उपमहानगरपालिका २ ट्राफिक चौराहा र आदर्श टोल , धनगढी ४ बसपार्क नजिक, गोदावरी नगरपालिका ३ चुटकि बजार र मालाखेतीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ३० हजार २८९ मूल्यको प्याज, चिनी, सरप, जिरा, बिस्कुट, नरिवल, कुर्ती, धोती, साडी, लेहंगा, खुद्रा सामान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Navadurga sun

कञ्चनपुरको भीमदत्त नगरपालिका ११ चौकीसत्ताबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६ हजार ८०० मूल्यको जुत्ताचप्पल, धोती, कुर्ती, सुट, थान कपडा, चुडी, फलामको जक्सन, साइकलको सामान, किरानाको सामान, हार्डवेयरको सामान लगायत इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको बताएको छ ।

डडेल्धुराको पर्शुराम नगरपालिका ५ घट्टे पलाटबाट भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३६ हजार ४७० मूल्यको जिरा, बिडी, सुपारी लगायतका सामानहरु प्रहरी चौकी शिर्ष, डडेल्धुराबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १३ हजार ७०० मूल्यको चिनी, चामल, पास्ता लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...