सरकारको ध्याकार्षण गराउन लामीताल परिसरमा ब्यानर लगाइयो : अध्यक्ष चोखाल

अत्तरिया- सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरियामा रहेको यस क्षेत्रकै प्रमुख पर्यटकिय क्षेत्र लामीताल परिसरमा ब्यानर लगाइएको छ । गोदावरी नगरपालिका वडा नं २ मा रहेको उक्त तालको संरक्षण सम्बद्धनमा अहिले सम्म राज्यका कुनै पनि निकायको ध्यान नदिएको भन्दै गोदावरी होटल ब्यवसायी संघले सोमबार लामीताल परिसरमा ब्यानर लगाएको हो ।

Navadurga sun

अहिले देशमा तिन तहको सरकार हुदाँ समेत कसैको ध्यान जान नसकको भन्दै यस तर्फ सरकारको ध्याकार्षण गराउन र बाहिर ठाउँवाट तालको अबलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्वागत गर्नका लागि ब्यानर लगाइएको गोदावरी होटल ब्यवसायी संघकी अध्यक्ष धना चोखालले बताइन् ।

नजिकको तिर्थ हेला भनेको यही हो, हाम्रै घर आगनमा यति ठूलो पर्यटन क्षेत्रको सम्भावना बोकेको ताल छ तर यसमा सरकारका कुनै पनि निकायको ध्यान जान सकेको छैन उनले भनिन अहिले तालमा केही नभएपनि बिभिन्न ठाउँवाट मान्छेहरु फोटो खिच्न, टिकटक बनाउन, केही बेर आराम गर्न पुगिरहेका छन् तर ताल कुन हो भन्ने बाहिरको मान्छेलाई थाहा नै हुन्न, त्यसले पनि हामीले ताललाई चिनाउन र बाहिरवाट आएकाहरुलाई स्वागत गर्न ब्यानर लगाएका हौ ।

उनले यो ब्यानर सामान्य रहेकाले धेरै दिन नटिकेपनि सरकारको ध्यानाकर्षण गराएको र सरकारले दिगो रुपमा तालको विकासका लागि सोच्नपर्ने बताइन् । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नं. २ अन्र्तगत पर्ने प्रात्व बोकेको पर्यटकिय केन्द्र लामीताल संरक्षणका लागि स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार लगायतका सम्बन्धित सरोकारबाला एकजुट हौ गोदावरी होटल ब्यबसायी संघ अत्तरिया कैलालीले लगाएको ब्यानरमा लेखिएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...