कैलालीमा तीन वर्षमा ४ सय ३८ जना कुष्ठरोगका नयाँ बिरामी

अत्तरिया- कैलालीमा कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै जान थालेको छ । तीन वर्षयता वर्षेनी कुष्ठरोगका नयाँ बिरामीको संख्या बढ्दै जान थालेको हो ।

स्वास्थ्य कार्यालय कैलालीका कुष्ठरोग फोकल पर्सन देवदत्त जोशीका अनुसार तीन वर्षमा ४ सय ३८ जना कुष्ठरोगमा नयाँ बिरामी पता लागेको बताएका छन् । उनले विगतका वर्षहरू भन्दा गत वर्ष कुष्ठरोगका नयाँ बिरामीहरू धेरै पता लागेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा १ सय ५८ जना नयाँ बिरामी पता लागेका छन् ।

Navadurga sun
Godawari sandesh

आर्थिक वर्ष २०७९/०८० मा १ सय ४९ जना नयाँ बिरामी पता लागेकोमा आर्थिक वर्ष २०७८/०७९मा १ सय ३१ जना नयाँ बिरामी पता लागेको स्वास्थ्य कार्यालय कैलालीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

Dadeldhura hospital

कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरुको संख्या पनि वर्षेनी बढ्दै जान थालेको छ । २०८०/०८१ मा कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरू १ सय ५४ जना छन् भने उपचारमा रहेका १ सय ४० जना रहेका छन् । २०७९/०८० मा १ सय सात जनाले कुष्ठरोग उपचार पुरा गरेका छन् भने १ सय ९३ जना उपचारमा रहेका छन्।

त्यस्तै २०७८/०७९ मा कुष्ठरोग उपचार पुरा गरेका बिरामीहरू १ सय ३२ जना छन् भने १ सय ४२ जना उपचारमा रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कुष्ठरोग फोकल पर्सन जोशीले अझै पनि कुष्ठरोग लागेका व्यक्तिहरुलाई समुदायमा भेदभाव, अपहेल्ना, विवाह लगायत विद्यालयमा समस्या हुने गरेको बताए ।

कुष्ठरोग लागेका व्यक्तिहरु खुलेर नआउँदा समुदाय स्थरमा खोज पताल गर्दा धेरै पता लाग्ने र नभए कम देखिने गरेको उनले बताए । प्रत्येक वर्ष पलिका अनुसार समुदाय स्थरमा कुष्ठरोग खोजपताल गरिरहेको उनको भनाइ रहेको छ । उनले पहिला कुष्ठरोगका बिरामीहरू अपाङगता भएका पता लाग्ने गरेको भए पनि अहिले सुरुमै पता लाग्ने गरेको बताए ।

सुमदायमा खोजपताल गर्दा बढी जस्तो बच्चामा बढी देखिने गरेको उनले बताए । ७ वर्ष देखि १४ वर्ष सम्मका बच्चा र २५ वर्ष देखि ४५ वर्ष उमेर समुहका व्यक्तिहरुमा बढी देखिने गरेको उनले बताए । उनका अनुसार यो रोग विस्तारै सर्ने भएकाले दुई देखि पाँच वर्ष पछि देखा पर्ने गरेको छ । भारतमा गएकाहरु र रोग प्रभावित क्षेत्रहरुमा गएकाहरुलाई रोग सर्ने गरेको उनको भनाइ छ ।

Loading...