


धनगढी- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार देखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो ।


अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

