स्व. कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती सोमबार मनाइँदै छ ।

१९९७ साउन २८ गते जन्मिएका उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको बताइन्छ । जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण उनी नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचित छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कोइरालाकै नेतृत्वमा नेपालमा २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । जीवनको अन्तिम क्षण सम्म पनि उनी संविधानको प्रभावकारी कार्यान्वयनका लागि क्रियाशील रहे ।

कोइराला २०३४ सालपछि पार्टीको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए । उनी वरिष्ठ नेता शेर बहादुर देउवालाई पराजित गर्दै पार्टीको सबैभन्दा उच्च पदमा पुगेका थिए । २०७२ माघ २६ गते उनको निधन भएको थियो ।

संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सबल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जली हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बताए ।

Loading...