कैलालीको  गोदावरी-१० मा कांग्रेसद्वारा विपन्न परिवारलाई नगद र ईटा सहयोग

अत्तरिया- कैलालीको गोदावरी-१० मा नेपाली कांग्रेसले एक परिवारलाई नगद र घर निर्माणका लागी आवश्यक ईटा सहयोग गरेको छ ।

Dadeldhura hospital

स्थानीय डम्मर बिकको परिवारलाई नगर समितिले नगद रु १५ सय र १५ सय थान ईटा सहयोग गरेको हो । ४२ औ विपि स्मृति दिवसको सन्दर्भ पारेर विपन्न परिवारलाई सहयोग गरिएको कांग्रेस गोदावरी नगरकार्यसमितिका सभापति विरबहादुर चोखालले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

सहयोग हस्तान्तरण कार्यक्रममा क्षेत्रिय सचिब जयराज फुलारा, नगर सचिव योगेश भट्ट ,युवा नेता, बेदप्रकाश पाण्डेय लगायतको सहभागिता रहेको थियो । केही दिन अघि मात्रै कांग्रेस नगरले वडा नम्बर १ मा पनि यस्तै सहयोग गरेको थियो ।

Loading...