Division ban Pahalmanpur

गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १ को मृत्यु, एक घाइते

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गोदावरी नगरपालिका ६ का नन्दराम चौधरी रहेका छन् ।

Malpot office jogbudha

बुधबार सुपप्र ०१-००१प४६५४ नम्बरको मोटरसाइकललाई वीरगञ्जबाट धनगढी आइरहेको बा ५ ख १४१० नम्बरको बसले ठक्कर दिएको इलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ ।

गोदावरी-६ हरैयामा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा गोदावरी-८ जमुनानगरका लेखक राज जोशी घाइते भएका कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए ।

चौधरीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । बस चालक हेटौँडा-१३ बस्ने ३५ वर्षीय रामशरण घर्तीलाई नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...