भारी वर्षाको सम्भावना, तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन प्रशासन कार्यालयको आग्रह

कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज राति भारी वर्षाको सम्भावना भएकाले नदी किनार र तटीय क्षेत्रका वासिन्दालाई सतर्क हुन आग्रह गरेको छ ।

प्रशासनले अत्यन्त जरुरी सूचना जारी गर्दै नदी किनार तथा तटीय क्षेत्रका वासिन्दालाई सतर्क भएर बस्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले कैलाली र कञ्चनपुरमा आज राति भारी वर्षा हुने जानकारी दिएको सूचनामा उल्लेख गरिएको छ ।

Loading...