Division ban Pahalmanpur

बैतडीको सतबाँझ–श्रीभावर सडक पहिरोले अवरुद्ध

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- लगातारको बर्षाले पहिरो खसेपछि बैतडीको सतबाँझ –श्रीभावर सडक अवरुद्ध भएको छ । सडक अन्तर्गत सुर्नया गाउँपालिका ४ बङसल्ला भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको यातायात व्यवसायी रामबहादुर बिष्टले बताए ।

Malpot office jogbudha

सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम अन्तर्गत नयाँ कटिङ भएको र नयाँ कटिङ भएका ठाउँमा पहिरो खसेको उनले बताए । उक्त सडक अवरुद्ध भएपछि सुर्नया गाउँपालिकाको केन्द्र आवतजावतमा समस्या भएको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा स्तरोन्नतीको काम भइरहेको छ । स्तरोन्नतीका लागि सडक डबल कटिङ गरेको र ठाउँ–ठाउँमा पहिरो खसेको बिष्टले बताए । बङसल्ला हुँदै सुर्नया गाउँपालिकाको केन्द्र जोड्ने र सनशेरीमाण्डौं हुँदै पालिकाको केन्द्र जोड्ने दुवै सडकमा पहिरो खसेको बताइएको छ ।

सडक अवरुद्ध हुँदा वडा नं १,२ र ३ का नागरिकलाई पालिकाको केन्द्रसम्म पुग्न समस्या भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...