बझाङ- जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङको जालेबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
वर्षाका कारण छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो खस्दा सडक अबरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सदरमुकाम चैनपुरबाट धनगढी र धनगढीबाट बझाङका लागि छुटेका यातायातहरु जालेबगरकै पहिरोले रोकिएका छन् ।