गेटाबाट एक अपरिचित महिलाको उद्दार

अत्तरिया- कैलालीको गेटाबाट एक अपरिचित महिलाको उद्दार गरिएको छ ।

मानसिक सन्तुलन गुमाएकी महिलाको स्थानीय लोकेन्द्र धामी लगायत युवाहरूको समूहले सकुसल उद्दार गरेर दृष्टि फाउण्डेसनको जिम्मा लगाएका छन् ।

ती महिलाको बायाँ हात भाँचिएको छ । विगत ६/७ दिन देखि गोदावरी नगरपालिका–५ गेटा खानेपानी क्षेत्रमा घुम्दै आएकी महिलाको उद्दार गरिएको हो ।

Loading...