कैलालीको मालाखेती अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर संचालन 

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ३ को मालाखेती अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सोमबार बाट सुरु भएको छ ।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखाकाे आयोजनामा यस क्षेत्रमा स्त्री रोग, हाडजोर्नी, नाक कान घाटी, जनरल सर्जरी, जर्नल मेडिसिन सम्बन्धी चेकजाँच तथा उपचार सेवा दिन लागेको छ ।

Navadurga sun

धनगढीको केजी हस्पिटल प्रालि को प्राविधिक सहयोग बाट विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन आएको छ । केजी हस्पिटलका डाक्टर दीपक कुमार सिंह , डाक्टर सोनी, डाक्टर घनस्याम जोशी, सँगै डा. सृजना अधिकारी,  डा. विकास चन्द लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मालाखेती अस्पतालका हेल्थ असिसेन्ट विष्णु जोशीले गरेका थिए ।

गोदावरी नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेका योगदान र गर्दै आएका क्रियाकलाप बारे जानकारी गराउँदै यस बारेमा नै गोदावरीको विकट क्षेत्र मानिने फुलबस्ति, हाटखोली, वडा नं १२ को सल्ली चाप नायल, कोल्मुडा लगायत अन्य ठाउँमा पालिकाको विकट बस्तीमा यस्तै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने कार्यक्रम रहेको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...