धनगढीमा वायु मापन गर्न ‘एअर क्वालिटी स्टेशन’ जडान गरिने

धनगढी- कैलालीको धनगढीमा वायु प्रदुषण स्तर मापन गर्न ‘एअर क्वालिटी स्टेशन’ जडान गरिने भएको छ ।
यसका लागि धनगढी उपमहानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको छ । धनगढी उपमहानगर क्षेत्रको वायु प्रदुषणको स्तर मापन गर्न ‘एअर क्वालिटी स्टेशन’ हरु जडान गरिने भएको हो ।

मनसुन सकिए सँगै बिस्तारै वायुमा प्रदूषणको मात्रा बढ्दै जान्छ र वायु प्रदूषणको समस्याले आमनागरिक प्रभावित हुने गरेका छन् ।

हावामा विभिन्न ग्यास तथा कण प्राकृतिक रूपमा नै रहन्छन् । तर मानव सृजित स्रोतको कारणले यस्ता तत्वको अधिक वृद्धि हुँदा वायु प्रदूषित हुने गर्छ । सहरी क्षेत्रको सन्दर्भमा यातायातका साधन, उद्योग कलकारखाना, खुला रूपमा जलाइने फोहर, सडक छेउ थुप्रिएको धुलो तथा टाढा स्थानबाट हावासँगै बहँदै आउने धुलोको कर्णलाई यसको मुख्य स्रोत मान्न सकिन्छ ।

वायुलाई प्रदूषित गर्ने तत्वलाई सहजताका लागि ग्यास तथा कण (ठोस र तरल मिश्रित) मा विभाजन गर्न सकिन्छ । ती मध्ये नाइट्रोजन डाइअक्साइड, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड बढी मात्रामा पाइने तथा मानव स्वास्थ्यलाई असर गर्ने ग्यासहरू हुन् । हावालाई प्रदूषित गर्ने अर्को प्रमुख तत्व ठोस र तरल मिश्रित कणलाई पार्टीकुलेट म्याटर (पिएम) पिएम भनिन्छ ।

जसलाई यसको व्यासको आधारमा वर्गीकरण गरिन्छ र यसको कुनै निश्चित आकार हुँदैन । धनगढीको वायु प्रदुषणको स्तर मापन गर्ने अहिले सम्म कुनै उपकरण जडान भएको छैन् । यस कारण पनि धनगढीको वातावरण कति स्वच्छ र कति प्रदुषण छ भन्ने कुरा तुरुन्तै जानकारी लिन सकिने अवस्था छैन् ।

यसैका लागि उपमहानगरपालिकाले अध्ययन गरेर यस्ता यन्त्र जडान गर्ने विषयलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

Loading...