काठमाण्डौै- नागरिक उन्मुक्ति पार्टीको विवाद उत्कर्षमा पुगेको छ । पहिले प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको छ । पार्टीका बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन् ।
आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ ।
त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय सर्वसम्मतिबाट पारित गरिएको नागरिक उन्मुक्ति पार्टीको विज्ञप्तीमा उल्लेख छ ।
आफूलाई संसदीय दलको नेताबाट हटाइएको बारेमा कुनै जानकारी नभएको रञ्जिताले बताएकी छन् । उनले आफूलाई कुनै जानकारी नभएको र कसैले टीकापुरमा बसेर गरेको निर्णय नमान्ने बताएकी छन् ।