भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाको गाडीमा तोडफोड भएको छ । सोमवार महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्दार समितिमा आबद्ध मजदुरले नगरपालिकाको गाडीमा तोडफोड गरेका हुन।

सोमबार भीमदत्त नगरपालिकाको टोली घर तथा टहरा हटाउन स्काभेटर लगेर गएको थियो । खोकाछाप्रा उद्दार समितिमा बस्दै आएका मजदुरले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै स्काभेटर फकाई दिएका थिए।

Navadurga sun

खाली गरेका घर तथा टहरा हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरपालिका–४ का वडाध्यक्ष शुशिल भट्ट र आफु माथि खनिएका उनीहरुले गाडीमासमेत तोडफोड गरेको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले बताए । भिडले प्रवक्ता अवस्थी र भट्ट चढेर गएको बा २ झ ३८८९ नम्बरको जिपमा तोडफोड गर्दा क्षति पुगेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...