Division ban Pahalmanpur

गोदावरी १ को विजयनगर खोप केन्द्रमा स्वास्थ्य सामग्री हस्तान्तरण

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ को विजयनगर टोलमा रहेको खोप केन्द्रमा १ नं वडा कार्यालय द्वारा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

Malpot office jogbudha

वडा कार्यालयले खोप केन्द्रलाई केही थान कुर्सी, डस्टविन, पानीको बाल्टी, साबुन, साबुन दानी, चर्पी सरसफाई गर्ने सामाग्री, बिरामी लाई चेक जाँचका लागि १ बेड, सामाग्री राख्न १ र्याक , १ पंखा, बिजुली मिटर लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।

वडा कार्यालयको ५० हजार बराबरको सामाग्री वितरण गरेको र विगतमा पनि त्यसै वडाको चैतन्यपुर खोप केन्द्रमा पनि सामाग्री वितरण गरेको जानकारी वडा न १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले बताएका छन् ।

यस वडामा जनतालाई स्वास्थ्य र निरोगी बनाउन स्थानीय स्तरमा प्राथमिक उपचारका लागि सहज होस् र महिला स्वयम् सेविका लागि स्वास्थ्य उपचारका लागि सहयोग होस् भन्नका लागि सामाग्री वितरण गरेको जानकारी वडा अध्यक्ष भट्टले जानकारी दिएका हुन । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...