धनगढी- कैलालीमा ६ महिनाको अवधिमा १६२ वटा मानव अधिकार उल्लंघनका घटना घटेको पाइएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकले बिहीवार धनगढीमा आयोजना गरेको अर्धवार्षिक समिक्षा गोष्ठीमा कैलालीमा ६ महिनाको अवधिमा घटेका मानव अधिकार उल्लंघनका घटनामा १३९ जना पीडित भएको जनाएको छ ।
सन् २०२४ को जनवरी देखि जुन सम्मको अवधिमा १६२ घटनामा १३९ महिला, १८ बालिका र ८ जना पुरुष गरी १६५ जना पीडित भएको इन्सेकले जनाएको छ ।
६ महिनाको अवधिमा महिला अधिकारबाट १३९ जना, घरेलु हिंसाबाट १११, बलात्कारबाट २१, बेचविखनबाट एक र बहुविवाहबाट ६ जना पीडित भएको इन्सेक कैलालीले जनाएको छ ।
६ महिनाको अवधिमा बाल अधिकारबाट १८ जना पीडित भएको इन्सेक सुदूरपश्चिम प्रमुख खडकराज जोशीले बताए । जस मध्ये बलात्कारबाट १४, यौन दुर्व्यवहारबाट तीन र बलात्कारबाट एक जना पीडित भएको जोशीले बताए ।