

अत्तरिया- २०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट ६ जना विद्यार्थीले मात्रै ४ जिपिए हासिल गरेका छन् । ४ जिपिए हासिल गर्ने ४ जना कैलालीका र २ जना कञ्चनपुरका हुन ।


सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षा कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीले सामुदायिक विद्यालय तर्फ सर्वाधिक ४ जिपिए हासिल गरेकी छन् ।



गोदावरी कै सैनिक आवासीय महाविद्यालय तेघरीका एक तथा सत्यवदी एकेडेमीका निर्मल ठगुन्नाले पनि ४ जिपिए हासिल गरेका छन् । त्यस्तै टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले पनि ४ जिपिए हासिल गरेका छन् ।
कञ्चनपुरको इन्टरनेशनल स्कुल र कञ्चनजङ्घा इङ्लीस बोर्डिङका १/१ जनाले पनि ४ जिपिए हासिल गरेका छन् । सुदूरपश्चिमका अन्य ७ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन् ।
२०८० चैत १५ देखि २७ गते सम्म चलेको एसइई परीक्षामा सुदूरपश्चिमका ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएका थिए । सुदूरपश्चिमका ३३ हजार ७४४ जनाको एनजी नतिजा आएको शिक्षा निर्देशनालयले जनाएको छ ।