कञ्चनपुर- कञ्चनपुरमा शरिरमाथि पंखा खसेर एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–७ गाउजीका ६८ वर्षीय रत्नप्रकाश लामिछानेको सोमवार शरिर माथि पंखा खसेर मृत्यु भएको हो ।



लामिछाने आफ्नै घरको आगनमा टेबुल फ्यान (पंखा) चलाई बसी राखेको अवस्थामा सोही फ्यान शरिरमा खसेर गम्भिर घाइते भएका थिए ।


घाइते लामिछानेलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।





