एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई भायानेटको साथ

धनगढी- ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ लाई भायानेटले साथ दिएको छ । असार १२ गते धनगढीमा आयोजना हुने अवार्डमा भायानेटले साथ दिएको हो ।

भायानेट इन्टरनेट पार्टनरको रुपमा अवार्डमा जोडिएको आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । सोमबार भायानेटका शाखा प्रबन्धक दिनेश बोहोरा र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सचिव विराज रोस्याराले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा आयोजना हुने अवार्डको चार विधाको मनोनयन सार्वजनिक भइसकेको छ । अब थप दुई विधाको मनोनयन सार्वजनिक गरिने छ । दुई विधा लाइफटाईम एचिभमेन्टस्पेशल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिने छ ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ । प्रायोजकमा नवजीवन कोअपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो इन्डष्टिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यूसिटी पोलिक्लिनिक र सिराज इन्टरनेशनल रहेका छन् ।

अवार्डलाई सफल पार्नका लागि गुरुजी सटिङ सुटिङ, होटेल डिभोटी, भायानेट, होटेल सौराईले पनि साथ दिएका छन् । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Loading...