एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड सुदूरपश्चिम आइकनको मनोनयन सार्वजनिक

धनगढी- ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । आगामी असार १२ गते धनगढीको एलटीएस सिनेमा हलमा आयोजना हुने अवार्डका ८ विधा मध्ये सुदूरपश्चिम आइकन पुरुष र महिला विधा सार्वजनिक गरिएको हो ।

Ganyapdhura gau

सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको मुख्य प्रवर्द्धनमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को सुदूरपश्चिम आइकन पुरुष तर्फको विधामा एथलेटिक्सका आशिष महर, शारीरिक सुगठनका रञ्जित लामा र क्रिकेटका नरेन भट्ट मनोनयनमा परेका छन् । महिला तर्फ क्रिकेटकी मनिषा बोहोरा एथलेटिक्सकी देवकी कुमारी धामी र फुटबलकी बिर्सना चौधरी मनोनयनमा परेकी छन् ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिम आइकन तर्फ मनोनयनमा परेका आशिष महरले १४ औं राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत एथलेटिक्समा जुनियर तर्फ सानदार प्रदर्शनका साथ छात्र ट्रिपल जम्पमा १४।१९ मिटर जम्प गर्दै ३६ वर्ष अघि २०४४ सालको कीर्तिमान भंग गरेका थिए । उनले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमका लागि ट्रिपल जम्पमा स्वर्ण पदक जितेका थिए ।

यस्तै शारीरिक सुगठनका रञ्जित लामाले ‘५५ औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप’ मा नेपाललाई कास्य पदक जिताएका थिए । एसियाली स्तरमा शारीरिक सुगठनमा पदक जिताउने उनी पहिलो सुदूरपश्चिमका खेलाडी हुन् । क्रिकेटका नरेन भट्टले एसीसी यू–१६ ईस्ट जोन कपको उपाधि जिताउँदा सानदार प्रदर्शन गरेका थिए । उपाधिमाथि ह्याट्रिक गराउन फाइनलमा ११२ रनको शतकीय पारी खेलेका उनी फाइनल खेलमा म्यान अफ द म्याच बनेका थिए । प्रधानमन्त्री कपमा शतक र अर्धशतक प्रहार गर्दै सानदार प्रदर्शन गरेका थिए ।

Dadeldhura hospital

सुदूरपश्चिम महिला आइकन तर्फ मनोनयनमा परेकी क्रिकेटकी मनिषा बोहोराले सुदूरपश्चिम प्रदेशलाई सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टि–२० प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनले सुशील कोइराला मेमोरियल यु–१९ महिला राष्ट्रिय टि–२० प्रतियोगिताको फाइनलमा ४१ रनको पारी खेल्दै फाइनलको प्लेयर अफ द म्याच समेत भएकी थिइन ।

फुटबलकी विर्सना चौधरीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम उपविजेता बन्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन । उनी अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट मिडफिल्डर बनेकी थिइन् । एथलेटिक्सकी देवकी कुमारी धामीले १४ औँ राष्ट्रपति रनिङ शिल्डमा छात्रा ३ हजार मिटर दौडमा जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । ३ हजार मिटरको निर्धारित दूरी १० मिनेट ५२।८२ सेकेन्डमा दौड पूरा गर्दै उनले २०७५ सालमा राममाया बूढाले स्थापित गरेको १० मिनेट ५७।२ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सुदूरपश्चिमका लागि १५०० मिटर दौडमा उनले स्वर्ण पदक जितेकी थिइन् । अ

वार्डमा दिइने आठ विधा मध्ये ६ विधाको मनोनयन सार्वजनिक गरिदै आएकोमा अब थप चार विधाको मनोनयन सार्वजनिक गरिनेछ । दुई विधा लाइफटाइम अचिभमेन्ट र स्पेसल अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको छ । प्रायोजकमा नवजीवन को अपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो ईन्डष्टिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्यु सिटी पोलिक्लिनिक र सिराज इन्टरनेशनले रहेका छन् । अवार्डलाई सफल पार्नका लागि गुरुजी सटिङ सुटिङ, होटेल डिभोटी, भायानेट, होटेल सौराई रहेका छन् । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Couple
Loading...