धनगढी उपमहानगरपालिकाले ल्यायो २ अर्ब १८ करोडको बजेट

अत्तरिया- धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २ अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ अ‍ैँ नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

रानाले आगामी वर्षका लागि २ अर्ब १८ करोड ८२ लाख ३२ हजार २२० रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जानकारी दिइन् । उनका अनुसार चालु खर्चतर्फ १ अर्ब २० करोड १५ लाख ४४ हजार ११७ रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ९८ करोड २६ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

Navadurga sun

चालु खर्चतर्फ कुल बजेटको ५५ प्रतिशत र पुँजीगत तर्फ ४५ प्रतिशत बजेट विनियोजन गरिएको नगर उपप्रमुख रानाले बताइन् । विनियोजित बजेटमा खर्च व्यहोर्ने स्रोतमा आन्तरिक आय तर्फ ३६ करोड ७६ लाख, राजश्व बाँडपफाँडबाट ४८ करोड २९ लाख ५४ हजार, अन्तर सरकारी वित्ततर्फ संघीय सरकारले हस्तान्तरण गर्ने एक अर्ब एक करोड ८७ लाख, अन्तर सरकार प्रदेशले हस्तान्तरण गर्ने आठ करोड २८ लाख र उपमहानगरपालिकाको चालु आर्थिक वर्षको विनियोजनबाट २३ करोड २३ लाख बचत हुने अनुमान गरिएको छ । शुक्रबार नै बसेको नगरसभाको पहिलो बैठकमा नगर प्रमुख गोपाल हमालले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने दोस्रो बैठकमा उपप्रमुखले बजेट प्रस्तुत गरेकी हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...