अत्तरिया- धनगढी उपमहानगरपालिका–५ तारानगरको एक घरमा चोरी भएको छ । असार ५ गते राती देखी बन्द अवस्थामा रहेको लक्ष्मी ओझाको घरमा ७ तोला बराबरका गरगहना तथा २० हजार नगद चोरी भएको हो । शुक्रबार बेलुकी घर जाँदा ढोकाको ताला तथा दराज फुटाएर चोरी भएको थाहा भएको परिवारका सदस्य चेतराज पाण्डेयले बताएका छन् ।
चोरीको विषयमा प्रहरीलाई खबर गरिसकेको भन्दै उनले बिना बिल प्रमाणका कुनै पनि गहनाहरू बिक्रीका लागि कोही व्यक्ति आएमा नजिकको प्रहरी कार्यालयमा खबर गरि दिन आभुषण व्यवसायीहरू सङ्ग आग्रह गरेका छन् ।