डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोसाक, झोला र छात्रवृत्ति प्रदान

डोटी- डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका ५ सय विद्यार्थीहरूलाई बुधवार विद्यालय पोसाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ ।

Ganyapdhura gau

बुधवार भवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा पत्रकार दीर्घराज उपाध्यायको अगुवाइमा विद्यालयमा अध्ययनरत शतप्रतिशत विद्यार्थीलाई पोसाक, झोला र छात्रवृत्ति वितरण गरिएको हो । सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करिब दुई सय पुस्तक समेत प्रदान गरिएको थियो ।

Navadurga sun
Godawari sandesh

सङ्गम पब्लिकेसन्स काठमाण्डौंका प्रबन्ध निर्देशक सहदेव प्रसाद (एसपी) सापकोटाले विद्यार्थीहरूको पोसाकको कपडा र सुदूरपश्चिमका वरिष्ठ उद्योगपति तथा समाजसेवी ओम प्रकाश अग्रवालले पोसाक सिलाईको खर्च बेहोरेका थिए । त्यस्तै विद्यार्थीहरूको पोसाक खरिदमा एमआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्तले एक लाख रुपैयाँ र समाजसेवी मधु पाठकले ५० हजार रुपैयाँ प्रदान गरेकी थिइन ।

चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले सय थान झोला प्रदान गरे । सुधा ब्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देलले सहुलियत दरमा गुणस्तरीय झोला प्रदान गरेका थिए ।

विद्यालयमा पुस्तकालय स्थापनाका लागि धनगढीस्थित वाल्मीकि ईन्टरनेशनलका तर्फबाट अध्यक्ष दिनेश राज भण्डारीले सय थान पुस्तक प्रदान गरेका थिए । त्यसै गरी प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, पत्रकार कुन्द दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझा लगायतले पुस्तक प्रदान गरेका थिए ।

सोही समारोहमा सङ्गम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सापकोटाले १० जना विद्यार्थीलाई, पर्यटन व्यवसायी अमर बहादुर शाही (काठमाण्डौं), हिक्मत थापा (नाइजेरिया), खेमराज उपाध्याय (धनगढी) र तीर्थराज जोशी (काठमाडौँ) ले एक एक जनालाई छात्रवृत्तिको रकम प्रदान गरे । उनीहरूलाई मासिक १ हजार रुपैयाँका दरले १२ महिनाको छात्रवृत्ति प्रदान गरिएको हो ।

Dadeldhura hospital

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आर्थिक अवस्था कमजोर भएका र विद्यालय पोसाक र झोला समेत नभएर पठन पाठनमा कठिनाइ झेलिरहेका विद्यार्थीहरूलाई पोसाक, झोलासँगै छात्रवृत्ति प्रदान गरिएकोमा आभार व्यक्त गरे । यो सहयोगले विद्यालय भर्ना हुने दर वृद्धि हुनेछ । र, विद्यार्थीहरूलाई पढ्न अभिप्रेरित गर्ने विश्वास छ , उनले भने, असमयमै विद्यालय छोड्ने विद्यार्थीहरूको दरलाई समेत न्यूनीकरण गर्नेछ ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पत्रकार दीर्घराज उपाध्यायले आर्थिक अवस्था कमजोर भएका कारण पोसाक, झोला र स्टेशनरी लगायतका सामग्री जुटाउन नसकेका विद्यार्थीहरूलाई पठन पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले पोसाक, झोला, पुस्तकालय र छात्रवृत्ति प्रदान गर्न अभियान सञ्चालन गरेको बताए । उनले झोला, पोसाक, र छात्रबृति संगै पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने सम्पूर्ण सङ्घसंस्था र मनकारी व्यक्तिहरूलाई धन्यवाद दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य पद्म राज जोशी, प्रधानाध्यापक खड्क बहादुर सिंह, पत्रकार रामहरि ओझा, नेपाल विद्यार्थी सङ्घ डोटीका अध्यक्ष दीपेन्द्र बहादुर सिंहले विद्यार्थीहरूलाई पोसाक, झोला, छात्रवृत्ति, पुस्तक लगायत सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूसँगै यो अभियानको नेतृत्व गर्ने पत्रकार उपाध्याय प्रति आभार व्यक्त गरे ।

पत्रकार उपाध्याय, समाजसेवी अग्रवाल र सापकोटालाई नागरिक अभिनन्दन

डोटीको सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले पत्रकारिता तथा सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याए बापत तीन जना व्यक्तिलाई बुधवार नागरिक अभिनन्दन गरेको छ ।

सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याए बापत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासँगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पुर्‍याए बापत वरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी सङ्गम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव (एसपी) सोपकोटालाई सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।

सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यमिक विद्यालयका अध्यक्ष धन बहादुर सिंह, प्रधान अध्यापक खड्क बहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दन पत्र प्रदान गरे ।
विद्यालयको गुणस्तर वृद्धि तथा पठन पाठनमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूको पोसाक, झोला, छात्रवृत्ति र पुस्तकालय स्थापनाका लागि दीर्घराज उपाध्यायद्वारा थालिएको अभियानमा वरिष्ठ उद्योगपति अग्रवाल, समाजसेवी सापकोटाले उल्लेख्य सहयोग गरेका थिए ।

सोही समारोहमा पुस्तकालय, छात्रवृत्ति र झोला लगायतका सामग्री प्रदान गर्ने एमआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, सुधा ब्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, वाल्मीकि ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमर बहादुर शाही (काठमाण्डौं), हिक्मत थापा (नाइजेरिया), खेमराज उपाध्याय (धनगढी) र तीर्थराज जोशी (काठमाडौँ) लाई कदर पत्र सहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरेको थियो ।

Couple
Loading...