प्रदेश जनस्वास्थ्य प्रयोगशालामा विषयविज्ञ हुनुपर्ने मेलानको माग

धनगढी- मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सुदूरपश्चिम प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएको प्रति आपत्ति जनाउँदै मेलानले ध्यानाकर्षण पत्र बुझाएको हो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेश स्वीकृत दरबन्दी विपरित समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकमा जिम्मेवारी दिएको छ। त्यस निर्णय प्रति मेलानको गम्भीर ध्यानाकर्षण सहित उक्त ध्यानाकर्षण पत्र बुझाइएको मेलान सुदूरपश्चिम प्रदेशका सचिव माधव प्रसाद जोशीले बताए ।

Navadurga sun

‘कोरोना महामारीका बखत सोको निदान, नियन्त्रण तथा रोकथामका लागि निभाएको भूमिका होस या रोग निदानमा आधुनिक चिकित्सा पद्धतिको मेरुदण्डको रूपमा रहेको क्षेत्र प्रयोगशाला हो । यसमा कुशल प्रशासकका रूपमा विषय विज्ञ हुनु आवश्यक छ भन्ने कुराको जानकारी गराउछौं’ मेलानका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारी द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।

सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) ले आफू मन्त्रालयमा नयाँ भएको र यहाँ भएका समस्याहरू बारे ब्रिफिङ लिएर संस्थागत सुधारका निम्ति चाडै समस्याहरू समाधान गर्ने गरी अगाडि बढ्ने बताएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...