
धनगढी- कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका-१ बस्ने अन्दाजी ३३ वर्षीय रोजबहादुर बमको करेन्ट लागेर मृत्यु भएको हो ।


सोही ठाउँको जिगडा टोलमा बिजुलीको पोलमा बिद्युत बिग्रिएपछि बनाउने क्रममा आइतबार करेन्ट लागेर बम गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





