कैलालीको फुलवारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

धनगढी- फुलवारी जेसिजको आयोजना र माया मेट्रो हस्पिटल प्रा.लि.को सहकार्यमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । फुलवारी मावि फुलवारी वडा नम्बर १९ को प्राङ्गणमा भएको निःशुल्क स्वास्थ्य शिविरमा साढे ६ सय जनाले सेवा लिएको फुलवारी जेसिजका अध्यक्ष सुरज गिरीले जानकारी दिए ।

उनका अनुसार ७८ जनाले निःशुल्क भिडियो एक्स-रे सेवा लिएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष बाँधुराम चौधरी प्रमुख अतिथि रहेका थिए । उनले आफ्नो वडामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिदिएकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

Navadurga sun

आगामी दिनहरूमा पनि यस्तै शिविरहरूको अपेक्षा समेत गरे । शिविरमा प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट, फिजिसियन डा. सन्तोष पाण्डे, बाल शल्यचिकित्सक डा. सुलोचना दाहाल, हाडजोर्नी विशेषज्ञ विकास पाण्डे, छाला रोग विशेषज्ञ सबिन कँडेलले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा दिएका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...