शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै धनगढी उपमहानगरपालिका सम्मानित

धनगढी-  शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट योगदान पुगाएको भन्दै कैलालीको धनगढी उपमहानगरपालिकालाई सम्मान गरिएको छ । प्रिन्सिपल एशोसियसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा सुदूरपश्चिम प्रदेशमै सबै भन्दा बढी योगदान गरेको भन्दै उपमहानगरपालिकालाई सम्मान गरिएको हो ।

यही जेठ २६ गते देखि सुरु भएको प्रिन्सिपल एशोसियशन अफ नेपालको राष्ट्रिय सम्मेलनमा धनगढी उपमहानगरपालिकालाई  (शनिबार) सम्मान गरिएको छ ।

सम्मेलन २८ गतेसम्म चल्नेछ । शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुगाएको आधारमा सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा धनगढीलाई सम्मान गरिएको उपमहानगरपालिकाले जनाएको छ । धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले सो सम्मानपत्र ग्रहण गरेकी छन् ।

Loading...