Division ban Pahalmanpur

रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि २ अर्ब ८७ करोड रुपियाँ बजेट

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशमा रहेका राष्ट्रिय गौरव सहितका ठूला तथा बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको छ । सरकारले सिँचाइ आयोजनालाई प्राथमिकतामा राखेर यस प्रदेशमा रहेका ठूला एवं बहुवर्षीय आयोजनाका लागि बजेट विनियोजन गरेको हो ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपियाँको सङ्घीय बजेट प्रस्तुत गर्नु भएको थियो । सङ्घीय सरकारले कैलालीमा रहेको राष्ट्रिय गौरवको आयोजना रानीजमरा कुलरिया सिँचाइ आयोजनाका लागि २ अर्ब ८७ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यस आयोजनाको प्रथम चरणको १४ हजार ३ सय हेक्टर शाखा नहर सञ्चालन गरी सिँचाइ सुविधा उपलब्ध गराउने सरकारको योजना छ ।

Malpot office dadeldhura

त्यसैगरी लम्की मूल नहर अन्तर्गतको शाखा नहर निर्माण सुरु गर्ने मन्त्री पुनले बजेट भाषणमा घोषणा गर्नु भएको छ । कञ्चनपुरमा रहेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर र त्रिभुवन बस्ती शाखा विस्तारको कार्यलाई अगाडि बढाउने सरकारको योजना छ ।

ब्रह्मदेव क्षेत्रको शाखाबाट १ हजार ६ सय हेक्टर जमिनमा सिँचाइ सेवा थप गरिने जनाइएको छ । यस आयोजनाका लागि सरकारले २ अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । त्यस्तै गोदावरी नगरपालिका स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने सरकारको घोषणा छ । लामो समय देखि मोडालिटीमै अल्झिएको यो विश्वविद्यालयमा गत वर्षबाट अस्पताल भने सञ्चालनमा रहेको छ ।

त्यसैगरी धनगढी स्थित फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिने मन्त्री पुनले घोषणा गर्नु भयो । नेपाल सरकारले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सहित यहाँ खेलग्राम बनाउने यस अघि नै निर्णय गरेको थियो । त्यसका लागि चालु आवभित्रै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने कार्य अगाडि बढेको छ ।

सरकारले कञ्चनपुरमा दैजी छेला उद्योग निर्माणको काम अगाडि बढाउने, महाकाली कोरिडोर र सेती लोकमार्गको स्तरोन्नति गर्ने, डडेलधुरा अस्पताललाई ५ सय शय्यामा स्तरोन्नति गर्ने घोषणा गरेको छ । आगामी आवको बजेटमा यस प्रदेशका लागि सङ्घीय सरकारले पुराना, बहुवर्षीय आयोजनालाई प्राथमिकता दिएको देखिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...