सुदूरपश्चिममा मानवअधिकार आयोगमा उजुरी घट्दै

कञ्चनपुर- राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी दिने क्रम घट्दै गएको छ । स्थापना देखि (२०६३ साल) ८ सय ५१ उजुरी यहाँ दर्ता भएकामा अधिकांश द्वन्द्वकालका उजुरी रहेका छन् ।

आयोगको प्रदेश कार्यालयका मानवअधिकार अधिकृत विदेश राम चौधरीले आयोगमा पछिल्ला वर्षहरूमा उजुरी दिने क्रम घट्दै गएको बताए । “पुराना र नयाँ गरी यस वर्ष २१ वटा मुद्दाको अनुसन्धान गरी प्रतिवेदनसहित क्षतिपूर्ति, कारबाही लगायत सिफारिस केन्द्रीय आयोगमा पठाउँदै छौँ”, उनले भने, “चालु आर्थिक वर्षमा पाँचदेखि सात वटा उजुरी मात्रै यहाँ दर्ता भएका छन् ।”

Navadurga sun

द्वन्द्वकालका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित रहेको बताउँदै चौधरीले यहाँ परेका उजुरीमध्ये धेरै खारेजी, केही तामेली र केहीले क्षतिपूर्ति पाइसकेको जानकारी दिए ।

“आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी उजुरी ४०/५० को सङ्ख्यामा आए पनि धेरै तत्काल समाधान भइहाल्छन्”, उनले भने, “उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाउने किसिमका मुद्दा कम आउने गरेका छन् ।”

आयोगको सिफारिसप्रति राज्य गम्भीर नभएकाले पनि आयोगमा उजुरी आउने क्रम घटेको हुनसक्ने उनको भनाई छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...