Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिम प्रदेशमा आधिकांश स्वास्थ्य उपकरण प्रयोगमा नआउँदै थन्किए

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया- सुदूरपश्चिम प्रदेशका बिभिन्न स्वास्थ्य संस्थामा रहेका स्वास्थ्य उपकरणहरू प्रयोगमा नआउँदै थन्क्याइएको पाइएको छ । कोरोना सक्रंमण तथा अन्य समयमा खरिद भएका र दाताहरूबाट उपलब्ध भएका स्वास्थ्य उपकरणहरू प्रयोग बिहिन बनेका हुन् । प्रदेशका दुई हजार सात सय ११ वडा स्वास्थ्य उपकरणहरूमा गरिएको सर्वेक्षणले आधिकांश उपकरण प्रयोग बिहिन रहेको देखाएको छ ।

Malpot office dadeldhura

सुदूरपश्चिममा दुई हजार ७ सय ११ वटा स्वास्थ्य उपकरणको सर्वेक्षण गरिएको छ । स्वास्थ्य सेवा बिभागका अनुसार २०२३ अक्टोबरदेखि गत मार्च सम्म सुदूरपश्चिमका विभिन्न जिल्ला, आधारभूत र प्रादेशिक अस्पतालमा ठूलो संख्यामा उपकरणहरू थन्किएको फेला परेको छ। प्रदेशमा २ हजार ७ सय ११ वटा स्वास्थ्य उपकरणको सर्वेक्षण गर्दा ५० प्रतिशत प्रयोगनै नगरी थन्क्याइएको पाइएको छ ।

कोरोना आक्रमणका बेला खरिद गरिएका तथा दाताहरूबाट आएका ति उपकरणहरू प्रयोगमा नआउँदै थन्क्याइएपछि बिग्रिने जोखिम बढेको छ । बाजुरा अस्पताल, बझाङ अस्पताल, महाकाली प्रादेशिक अस्पताल, दार्चुला अस्पताल, मंगलसेन अस्पताल, सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, मालाखेती अस्पताल, डडेल्धुरा अस्पताल, जोडबुडा अस्पताल तथा बैतडी अस्पतालमा उपकरण थन्किएका छन्  । ती अस्पतालमा सर्वेक्षण गर्दा महामारीमा अनुदान आएका धेरैजसो सामानहरू थन्किएको स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले गरेको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणको क्रममा कोभिड महामारीको समयमा अनुदानमा आएका सामानहरू धेरैजसो थन्किएको फेला परेको छ । अस्पतालहरूमा रहेका उपकरणमध्ये बिग्रिएर, जडान नगरेर र प्रयोग नगरेर २९५ थन्किएको सर्वेक्षणले देखाएको छ । उपकरणको अवस्था अपडेट गर्न अनिवार्य गरिएको डिजिटल लगबुक जिन्सी व्यवस्थापन प्रणालीसमेत कार्यान्वयनमा नल्याउँदा समस्या भइरहेको बिभागले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...