लागूऔषध मुद्दामा फरार रहेका दुई युवती पक्राउ

धनगढी- लागूऔषध मुद्दामा फरार रहेका कैलालीका दुई युवती पक्राउ परेका छन् । लागूऔषध मुद्दामा ३ महिना ३ दिन कैद सजाय ठहर भएपछि फरार रहेकी चुरे गाउँपालिका–३ बस्ने २० वर्षीया बिमला घिमिरेलाई धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा रहेको रारा होटेलबाट बुधवार पक्राउ गरिएको हो। घिमिरेलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस्तै लागूऔषध मुद्दामा ५ दिन कैद सजाय र १६ हजार जरिवाना ठहर भएकी लम्की चुहा नगरपालिका–३ बस्ने ३० वर्षीया दिपा बिष्ट साउँद पक्राउ परेकी हुन् । साउँदलाई इलाका प्रहरी कार्यालय लम्की र चिसापानीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...