Satyawati
Division ban Pahalmanpur

धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुँदै

Purbadhar dadeldhura

कैलाली- धनगढीमा दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको आयोजनामा धनगढीमा असार ७ देखि  ९ गतेसम्म दोस्रो राष्ट्रिय बाल चलचित्र महोत्सव हुने भएको हो ।

Malpot office dadeldhura

बालबालिकालाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्न तथा सिने साक्षरता बढाउन धनगढीमा बाल चलचित्र महोत्सव हुन लागेको चलचित्र विकास बोर्डका सदस्य तथा राष्ट्रिय बाल चलचित्र महोत्सवका संयोजक केएल बुढाथोकीले बताए ।

धनगढीका पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘महोत्सवले बालबालिकालाई सिनेमा मार्फत उनीहरूको सोच, विचार, व्यवहार, भावना र धारणामा परिष्कार ल्याउनुका साथै उनीहरूको मनोरञ्जनको अधिकार प्रवर्द्धनमा टेवा पुग्ने छ।’ महोत्सवमा बाल चलचित्र प्रदर्शन, मेरो कथा मेरो चलचित्र कार्यशाला गोष्ठी गरिने बताइएको छ ।

त्यस्तै बोर्डका अध्यक्ष तथा सिने जगतका सुपर स्टार भुवन केसी आउने कार्यक्रममा बालबालिका सँग भुवन केसी संवाद कार्यक्रम, चलचित्रमा बालबालिकाका कथा अन्तरक्रिया कार्यक्रम र फोटो तथा पुस्तक प्रदर्शनी गरिने कार्यक्रम संयोजक बुढाथोकीले बताए । महोत्सवमा बालबालिका तथा बयस्कहरुले निर्माण गरेको बाल चलचित्रहरूको प्रदर्शनी तथा प्रतिस्पर्धा गरिनुका साथै स्थानीय कला संस्कृति झल्कने झाँकी, सांस्कृतिक कार्यक्रम तथा सांगीतिक प्रस्तुति पनि गरिने भएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...