Satyawati
Division ban Pahalmanpur

चोरी मुद्दामा फरार एक महिला सहित ३ पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- चोरी मुद्दामा फरार रहेकी धनगढीकी एक महिलासहित ३ जना दोषी पक्राउ परेका छन् । चोरी मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी धनगढी उपमहानगरपालिका–२ बस्ने ३५ वर्षीया बिमला खड्का, चोरी मुद्दामै १ महिना कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–१३ का मोहन खाती र वन मुद्दामा ११ हजार ६८० जरिवाना ठहर भएका टीकापुर नगरपालिका–१ बस्ने ३८ वर्षीय महेन्द्र बि.क. सोमवार पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले जरिवाना ठहर गरेपछि तीनै जना फरार रहेका थिए । दुई जना लाई जिल्ला प्रहरी कार्यालय कैलाली र एक जनालाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...