पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । शनिबार राति १२ बजे देखि लागु हुन गेरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएको छ । तर, नेपाल सरकारले बजेट मार्फत जेठ १६ गतेबाटै लागू हुनेगरि पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँका दरले हरित कर लगाएकाले त्यसै अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६५.५० रुपैयाँ र डिजेलको मूल्य १५०.५० रुपैयाँ कायम भएको छ ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ र डिजेलको मूल्य १५२ रुपैयाँ कायम भएको छ । तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७६.८ र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन र खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

Loading...