कैलाली बहुमुखी क्याम्पसले दियो गर्मी बिदा

अत्तरिया- धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ । केही दिन यता तराईका जिल्ला कैलाली र कञ्चनपुरमा गर्मी बढेका कारण पठनपाठनमा समस्या देखिएको भन्दै क्याम्पसले २२ दिन बिदा दिएको हो ।

क्याम्पसले एक सूचना जारी गर्दै जेठ २० गते देखि असार १० सम्म गर्मी बिदा दिइएको जनाएको छ । क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. लोक बहादुर विष्टले जारी सूचनामा बिदा अवधिमा प्रशासन भने खुला रहने उल्लेख छ ।

Loading...