

अत्तरिया- धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरु चर्काचर्की हुँदै हात हालाहालको अवस्था सिर्जना भएको जनाएको छ। मंगलबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको कार्यकक्षमा वडा अध्यक्षहरु बीच वादविवाद हुँदा हात हालाहालको अवस्था सिर्जना भएको पाइएको हो । मेयर हमालले आगामी वर्षको नीति कार्यक्रम तथा बजेट र कार्यपालिका बैठकलाई निरन्तर चलाउने विषयमा अनौपचारिक रुपमा छलफल गर्न वडा अध्यक्षहरूलाई साँझतिर बोलाएका थिए ।
तर, छलफलका क्रममा जग्गा पल्टीङ सम्बन्धीको कार्यविधिको कुरा उठेपछि विवाद भएको थियो । सोही कार्यविधिलाई लिएर मेयर हमालसँग केही वडा अध्यक्षहरु रुष्ट भएपछि अहिले सम्म कार्यपालिका बैठक बस्न सकेको छैन । छलफलमा सहभागी एक वडाध्यक्षका अनुसार वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरी र ५ का अध्यक्ष गजेन्द्र शाही लगायतको समूहले अतिक्रमित तालको जग्गा हटाउने विषय र जग्गा पल्टीङ कार्यविधिको कुरा उठाएका थिए ।

वडाध्यक्ष शाहीले तालको विषयमा आफूलाई जानकारी नदिएको गुनासो मेयर हमाल सँग राखेका थिए । त्यस्तै मुडभरीले जग्गा पल्टीङ सम्बन्धीको कार्यविधिको कुरा गर्दै १८ नम्बरका अध्यक्ष भुवन रिजालले हस्ताक्षर गरेर पछि मिडियामा गलत कुरा बोलेको दाबी गरेका थिए । बैठक शाही, मुडभरी र वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारी आक्रोशित बन्दै वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाललाई अपशब्द प्रयोग गरिएको दाबी गरिएको छ ।
वडाध्यक्ष रिजालले समेत छलफलका क्रममा आफूमाथि आक्रमण हुने अवस्था देखेर बाहिर निस्किएको बताउँदै वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरलाई उनलाई फेरी मेयरकै कार्यकक्षमा लगेका थिए । भित्र प्रवेश गरेपछि मुडभरी र शाहीले आफू माथी आक्रमण गरेको दाबी उनको थियो । आफूलाई वडा नम्बर १२ का अध्यक्ष शेरबहादुर महरा र १६ का अध्यक्ष रामलाल चौधरीले जोगाएको उनी बताउँछन् । तर वडा नम्बर १ का अध्यक्ष सन्तोश मुडभरीले भने छलफलका क्रममा सामान्य भनाभन भएपनि बाहिर भनेपछि कसैमाथि कसैले आक्रमण नगरेको बताएका छन् ।
यसैबीच, मेयर हमालकै अगाडि भइरहेको छलफलमा हातपात गर्न खोजिएको भन्दै कारवाहीको माग गरिएको छ । एमाले र माओवादीबाट निर्वाचित ८ जना वडाध्यक्षहरुले बुधबार मेयर हमाललाई ज्ञापनपत्र बुझाउदै कारवाहीको माग गरेका हुन् । उनीहरुले वडा नम्बर १ का अध्यक्ष शन्तोश मुडभरी, ५ का अध्यक्ष गजेन्द्र शाही र ९ का अध्यक्ष प्रेम भण्डारीलाई कारवाहीको माग गरिएको हो ।