केएमसी धनगढीमा अध्ययनरत माया अस्ताइन, भोलि शोक बिदा

धनगढी- कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको कलिलै उमेरमा निधन भएको छ । बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको सोमबार निधन भएको हो । उपचारका क्रममा काठमाडौंमा निधन भएको परिवारका सदस्यले बताएका छन् ।

उनी केही समय देखि स्वास्थ्य समस्याबाट ग्रसित थिइन् । उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गदै १६ गते क्याम्पस बन्द रहने तथा पूर्व निर्धारित परीक्षा भने सञ्चालन हुने भन्दै मंगलबार एक सूचना नै जारी गरेको छ ।

Loading...