चुरे २ मा रहेको खैरला स्वास्थ्य चौकी भवनको उद्घाटन

अत्तरिया- कैलालीको चुरे गाउँपालिका वार्ड नं २ खैरलामा रहेको खैरला स्वास्थ्य चौकी भवनको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । उक्त भवनको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटीले उद्घाटन गरेका हुन् । 

nava durga gaupalika

गाउँपालिका अध्यक्ष बोगटीले उद्घाटन गरे लगतै स्वास्थ्य चौकी भवन निर्माण सहयोग गरेकोमा दातृ निकायलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भवन अभावमा विगतमा सेवा प्रवाहमा समस्या भइरहेको उल्लेख गर्दै अब भने सेवा प्रवाहमा सहज हुने विश्वास व्यक्त गरे ।

फाया नेपालले जापानको परराष्ट्र मन्त्रालय र आम्दा माइन्ड्सको आर्थिक तथा प्राविधिक सहयोगमा मातृ तथा बाल स्वास्थ व्यवहार प्रवर्द्वन परियोजना अन्तरगत खैराला स्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।

१ करोड ९९ लाख ३५ हजारको लागतमा निर्माण गरिएको भवन फाया नेपालका अध्यक्ष लोकराज भट्ट र आम्दा माइन्ड्सकी नेपाल प्रमुख माइको कोवाइसी (उप्रेती) ले संयुक्त रूपमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीलाई उक्त स्वास्थ्य भवन हस्तान्तरण गरेका हुन् ।

Loading...