अत्तरिया जेसिजद्धारा जनचेतनामूलक कार्यक्रमको आयोजना

अत्तरिया- कैलालीको अत्तरिया जेसिजले महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । सोमबार अत्तरियामै रहेको जनकल्याण इङ्लिस स्कुलमा वडा नम्बर ४ की स्वास्थ्यकर्मीको सहयोगमा महिला स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

Dadeldhura hospital

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकल्याण सेकेन्डरीका सञ्चालक योगेन्द्र हमालले किशोरावस्थामै स्वास्थ्य बारे ज्ञान दिने तालिम सञ्चालन गरेकोमा अत्तरिया जेसिजलाई धन्यवाद व्यक्त गरेका हुन् । साथै उनले किशोर अवस्थामा स्वास्थ्य बारे जनचेतना अभिवृद्ध गर्दा स्वास्थ्य समस्याहरू समाधान हुने बताए ।

godawari10 Mahila hinsa
Navadurga sun

अत्तरिया जेसिजले समाजमा व्याप्त रहेको हानिकारक प्रचलन अन्त्य अभियान तथा किशोरी, महिलाहरुलाई जानकारी उपयोगीमुलकसन्देशमुलक कार्यक्रम गर्दै आएको र आगामी दिनहरुमा थप कार्यक्रम आयोजना गर्ने जेसिज अत्तरियाका खेलकुद संयोजक हेमन्तराज जोशी (बाजे) ले बताए ।

जेसिजका अध्यक्ष प्रकाश मल्लको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव बम बहादुर बोगटीले गरेका थिए भने स्वागत मन्तव्य मान ऐरले राखेका थिए ।

Loading...