


बझाङ- बझाङमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको तल्कोट गाउँपालिका–२ की अन्दाजी २३ वर्षीया कबिता धमेनाको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कबिताको तल्कोट–२ स्थित सापपानी जंङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।