परशुराम साहित्य महोत्सव सम्पन्न

अत्तरिया- डडेल्धुराको भित्री मधेस स्थित परशुराम नगरपालिकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा सञ्चालित महोत्सवमा सहभागीहरूको उल्लेख उपस्थिति रहेको थियो ।

Ganyapdhura gau
Dadhaldhura pur

महोत्सवलाई विभिन्न सत्रमा विभाजन गरेर शिक्षा, स्वास्थ्य, उद्यम स्वरोजगार, साहित्य स्थानीय सरकार लगायतका विषयमा मन्थन गरिएको थियो । समापन समारोहमा बोल्दै नगर प्रमुख जोशीले परशुराम धामलाई धार्मिक पर्यटन को रुपमा राष्ट्रिय अन्तराष्ट्रिय तहमा पहिचान गराउने राष्ट्रिय स्तरमा पहिचान बनाएका साहित्यकारहरुको स्थानीय साहित्यकार सँग साक्षातकार गराउने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने लगायतका बहुउद्देश्य लिएर महोत्सव सञ्चालन गरिएको बताए ।

Navadurga sun

महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा हेमराज पन्त सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव शिक्षाविद् डा हरि लम्साल मदन पुरस्कार विजेता डा. नवराज लम्साल, रामलाल जोशी, बिबेक ओझा, कवि सोझो गाउले बिप्लप प्रतीक स्वास्थ्यबिद डा. अरुणा उप्रेती उद्यमीहरू श्रीकृष्ण अधिकारी सुनयना पाण्डे कल्पना बोयजु पुर्णागिरी मन्दिर व्यवस्थापन अध्यक्ष किसन तिवारी परशुरामधाम का जानकार तिर्थ अबस्थी पंचदेवल बिनायक नगरपालिका अछाम कि नगर प्रमुख अम्बिका चलाउने र धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले आ-आफ्नो धारणा राखेका थिए कार्यक्रमको सहजीकरण सञ्चारकर्मी टिकाराम यात्री राजेन्द्र बाँनिया दिर्घराज उपाध्याय टेक राज अवस्थीले गरेका थिए ।

महोत्सवमा स्थानीय विद्यालयका विद्यार्थी साहित्य र संस्कृति लगायतका अनेक कला प्रस्तुत गरेका थिए । समापन समारोहमा नगरपालिका कि प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले सहभागी सम्पूर्णलाई धन्यबाद ज्ञापन गरेकी थिइन । समापन मन्तव्यमा नगरप्रमुख जोशीले यो बर्ष देखी सुरुवात भएको महोत्सव आगामी वर्षहरूमा निरन्तरता दिइने बताए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...