कैलाली भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशतमात्रै राजस्व सङ्कलन

धनगढी- कैलाली भन्सार कार्यालयले लक्ष्यको ६७ दशमलव ८१ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ को १० महिनाको निर्धारित लक्ष्य भन्दा ३२ दशमलव १९ प्रतिशत कम राजस्व सङ्कलन गरेको हो ।

कार्यालयको चालु आर्थिक वर्षको साउन देखि वैशाख मसान्त सम्म ९ अर्ब ५६ करोड ५४ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ६ अर्ब ४८ करोड ६० लाख मात्रै राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले जानकारी दिए ।

उनका अनुसार साउनमा ४६ करोड ८२ लाख, भदौमा ५१ करोड ९३ लाख, असोजमा ६३ करोड १४ लाख, कार्तिकमा ६१ करोड ४६ लाख र मंसिरमा ७३ करोड ३४ लाख राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा ६८ करोड ९० लाख, माघमा ६६ करोड ६७ लाख, फागुनमा ६९ करोड १ लाख, चैतमा ७२ करोड १३ लाख र वैशाखमा ७५ करोड १७ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

कुनै पनि महिना कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन् । भन्सार कार्यालयको चालु आर्थिक वर्ष २०८०/०८१ मा ११ अर्ब ५८ करोड २४ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेको छ । कार्यालयको गत आर्थिक वर्ष २०७९/०८० मा १२ अर्ब ३० करोड ६६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकोमा ८ अर्ब २९ करोड ६३ लाख मात्रै राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । गत वर्ष राजस्व संकलन लक्ष्यमा पुग्न सकेको थिएन

Loading...