द्वीजगंगा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिताको उपाधी परशुराम नगरपालिका टीमलाई

डडेल्धुरा– डडेल्धुराको रामलिला मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा झिल्को न्युज डटकमको टीमलाई ५ रनको अन्तरले हराउँदै परशुराम नगरपालिका टिमले दोश्रो सस्करणको द्वीजगंगा मेमोरियल टि–२० क्रिकेट प्रतियोगिताको उपाधी हात पारेकाे छ ।

जेठ २ गतेबाट सुरु भएको दोस्रो सस्करणको द्वीजगंगा मेमोरियल टी–२० प्रतियोगिताको फाइनल खेलमा टस जितेर परशुराम नगरपालिका टीमले ब्याटिङ्ग गर्दै १३४ रन बनाएको थियो । प्रतिउत्तरमा झिल्को न्युजडटकम टीमले १३० रन जोडेर उपविजेतामा सिमित बन्न पुगेकाे हाे

Navadurga sun

बिजेता परशुराम नगरपालिका टीमले नगद ७५ हजार प्रमाणपत्र र ट्रफी हात पारेको छ भने उपविजेता झिल्को न्युज डटकम टिमले नगद ५० हजार प्रमाणपत्र र ट्रफीमा चित्त बुझाएको छ ।

प्रतियोगितामा बेस्ट बलर परशुराम नगरपालिका टीमका आयुश साउँद, बेस्ट ब्याट्स म्यान परशुराम नगरपलिका टीमकै आयुष्मान शाही भएका छन भने झिल्को न्युज डटकम टीमका कृष्ण भट्ट म्यान अफ दि सिरिज भएका छन ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेब जोशी, डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरि उप्रेती लगायतका अतिथिहरूले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका हुन ।

डडेल्धुराका कुल १२ वटा टिमले प्रतिष्पर्धा गरेको प्रतियोगिताका विजयी खेलाडीबाटै १९ वर्ष मुनिको प्रदेश स्तरीय प्रतियोगिताको लागि जिल्लाको टिम पनि छनोट गरिने डडेल्धुरा जिल्ला क्रिकेट संघका सचिव निरज रावलले बताए । प्रतियोगिताको पहिलो संस्करणको उपाधि पनि परशुराम नगरपालिका टिमले जितेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...